काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रधानमन्त्रीसँग भेटेका छन् ।
आईजीपी नियुक्त भएसँगै कुँवर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए । कुँवरको साथमा निर्वतमान आईजीपी धिरजप्रताप सिंह समेत साथमा रहेका थिए ।
भेटमा प्रधानमन्त्रीले कार्यकालको शुभकामना दिएका थिए । भने कुँवरले सरकारले आफूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
आज बसेको मन्त्रिपरिषद् बैठकले ५ जना एआईजीमध्येबाट कुँवरलाई आईजीपी नियुक्त गरेको थियो ।
निवर्तमान आईजीपी सिंहको ३० वर्षे कार्यकाले आज राति १२ बजेबाट सकिँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया