परीक्षा केन्द्र सारिएको विरोधमा अनेरास्ववियुले लगायो पनिकामा ताला

लोकपथ
63
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाको समयमा परीक्षा केन्द्र सारेको भन्दै एमाले निकट अनेरास्ववियु परीक्षा नियन्त्रकको कार्यालयमा ताला लगाएको छ ।

शुक्रबार दिउँसो उपाध्यक्ष समीरराज विष्ट नेतृत्वको टोलीले परीक्षा नियन्त्रकको सचिवालयमा ताला लगाएको हो ।

चैत १२ गते आइतबारबाट स्नातक तह चौथोँ वर्षको परीक्षा हुँदैछ । तर त्रिविले अन्तिम समयमा परीक्षा केन्द्र सारेर धेरै टाढा पुर्याइएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

‘परिक्षा जस्तो संवेदनशिल विषयमा परिक्षा नियन्त्र कार्यालयको गैरजिम्मेवार बन्नु खेदजनक छ । अनेरास्ववियु उक्त निर्णय यथाशिघ्र फिर्ता लिन परिक्षा नियन्त्रण कार्यालय समक्ष जोडदार माग गर्दछ’जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि परीक्षा केन्द्र सार्ने त्रिविको निर्णयप्रति नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूले विरोध जनाइसकेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?