काठमाडौं । हाल झण्डै २२ लाख नेपालीहरु विदेशमा रहेको पाइएको छ ।
शुक्रबार सार्वजनिक जनगणना–२०७८ को तथ्यांक अनुसार हाल २१ लाख ९० हजार ५ सय ९२ जना वैदेशिक रोजगारी र अन्य शिलशिलामा विदेशमा रहेको देखिएको हो । जसमध्ये १७ लाख ९९ हजार ६ सय ७५ जना पुरुष र ३ लाख ९० हजार ९ सय १७ महिला रहेका छन् ।
कुल १५ लाख ५५ हजार ९ सय ६१ परिवारबाट विदेशमा रहेका पाइएको सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ ।
अघिल्लो जनगणना–२०६८ भन्दा २ लाख भन्दा बढी विदेशमा रहेको पाइएको छ । २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४ सय ९४ जना विदेशमा रहेका थिए ।
सार्वजनिक जनगणनाको तथ्यांक अनुसार हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया