काठमाडौं । कलाकार कुन्जना घिमिरे (सुन्तली) ले आफूलाई तुच्छ गाली आउन थालेको बताएकी छिन् ।
गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमा नग्न तस्बिरहरु पठाउने समेत गरेका खुलासा गरेकी छिन् ।
सामाजिक सञ्जालमा लेख्दै घिमिरेले भनेकी छिन्, ‘अबको हरेक वार्ता खुलेआम रङ्गशालाको मैदानमा गरियोस् नाकि बन्द कोठामा । मलाई मेरो ईन्बक्समा नग्न तस्विरहरु पठाउन सुरुवात भएको छ, विभिन्न तुच्छ गालीको बर्सात भैईरहेको छ ।’
आफूहरुलाई राज्यले समेत नहेरेको गुनासो गर्दै घिमिरेले आफ्ना पति समेत रहेका कलाकार सिताराम कट्टेलले धैर्यता गर्न भने पनि आफू मानसिक रुपमा विक्षिप्त रहेको बताएकी छिन् ।
यसअघि सोमबार सितारामले फेसबुक लाभइ मार्फत आफूले कुनै पनि गल्ती नगरेको स्पष्ट पारेका छन् । राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि राज्यले आफूहरुलाई दुख दिएको समेत उनले भिडियो सन्देश मार्फत जानकारी गराएका छन् । साथै आफूहरुले गल्ती गरेको भए सजाय भोग्न तयार रहेको समेत उनीहरुले बताउँदै आइरहेका छन् ।
घिमिरेले सामाजिक सञ्जालमा लेख्दै आफूले गल्ती गरेको भए सजाय भोग्न तयार रहेको बताइन् ।
‘म पनि मान्छे हु,धेरै मन दुखेको छ राज्य र राष्ट्र संग।धुर्मुस जि ले केहि समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरुका गाली गलौज सहदै आए र आज म मानसिक यातनाले बिछिप्त भएको छु ।’ उनले भनेकी छिन्, ‘अब सुन्ने र सहने शक्ति छैन म मा ,कि मलाई सफाई देउ कि सजाय! तर जे गर्छौ छिटो गर ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया