काठमाडौं । राष्ट्रिय जनगणनाको पूर्ण तथ्यांक सार्वजनिक गरिएको छ ।
शुक्रबार सोल्टी होटलमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमकाबीच जनगणनाको पूर्ण तथ्यांक सार्वजनिक गरेका हुन् ।
जसअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । जसअनुसार १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ (४८.९८ प्रतिशत) पुरुष र १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) महिला रहेका छन् । त्यस्तै अन्यको संख्या ०.०००१ अर्थात् २ हजार ९ सय २८ रहेको तथ्यांकले देखाएको छ ।
‘मेरो जनगणना मेरो सहभागिता’ नाम दिइएको १२औँ जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको थियो । तर पूर्ण तथ्यांकको सो संख्या घटेर आएको हो ।
जनगणनाको अन्तिम तथ्यांक अनुसार सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा रहेको छ । जहाँ २० लाख ४१ हजार ५ सय ७८ रहेको छ । भने सबैभन्दा कम जनसंख्या मनाङमा रहेको तथ्यांकले देखाएको छ । जहाँ ५ हजार ६ सय ८९ रहेको छ ।
भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया