१४ जेष्ठ २०८०, आईतवार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो

२०७९,चैत्र,९,बिहीवार २०:००

0
Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विगत १० वर्षमा आगलागीका घटनाहरु तेब्बरले बृद्धि भएको बताएका छन् । त्यसको न्यूनीकरण तथा व्यवस्थापनका लागि संरचनागत सुधार, उपकरण हस्तान्तरण, सूचना प्रणालीको विकास, प्रभावकारी संचार, तहगत प्रशिक्षण सहितका पहल गरिरहेको उनको भनाइ छ ।
आज प्राधिकरणमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले यस वर्ष हिउँदे वर्षा असाध्यै न्यून भएकोले आगलागी तथा वन डढेलाका घटनाहरुको जोखिम पनि अधिक हुनसक्नेतर्फ प्राधिकरणले विशेष ध्यान दिएको पनि जानकारी दिए ।
आगलागीबाट २०७० बैशाख १ गतेदेखि २०७९ चैत्र ७ गतेसम्म भएका १८ हजार ७९१ घटनामा ७६९ को ज्यान गएको छ भने २ हजार ५६८ घाइते भएका छन् । आर्थिक क्षति २२ अर्ब २३ करोड भन्दा बढी छ । डढेलोबाट काठपात, जंगली जनावर, जडिबुटीसहित ठूलो पर्यावरणीय क्षति हुने गरेको छ । यसै अवधिमा चट्याङका २ हजार २८० घटनाहरु हुँदा ९०१ को मृत्यु भएको छ भने २ हजार ५४५ जना घाइते हुनुभएको छ । यस अवधिमा २ हजार ८०३ चौपायाको पनि क्षति भएको छ ।
आगलागी, वन डढेलो, चट्याङलगायत सबै प्रकारका विपद् जोखिमको जानकारी प्राप्त गरी सोहीअनुसार न्यूनीकरण तथा व्यवस्थापनका कार्य संचालन गर्न सबै जानकारी एउटै पोर्टलमा व्यवस्थित गर्ने प्रणाली सुरु गरिएको छ ।
आगलागी तथा वन डढेलो नियन्त्रणमा खटिने अग्नि-नियन्त्रण दस्ताहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन उपभोक्ता समूह र नेपाल सरकारका वन प्राविधिकहरुका लागि उपयुक्त हुने तालिम सामग्रीहरुको विकास गरी इ-लर्निङ पाठ्यक्रमको डिजाइन भइरहेको प्राधिकरणका सहसचिव अनिता निरौलाले बताइन् ।

 

प्रकाशित मिति: २०७९,चैत्र,९,बिहीवार २०:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११