२६ जेष्ठ २०८०, शुक्रवार

भायानेटले ल्यायो XGS फाइबर टेक्नोलोजीमा आधारित नेपालकै पहिलो 2 Gbps इन्टरनेट

२०७९,चैत्र,९,बिहीवार १६:१०

45
Shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसनले नवीनतम XGS फाइबर प्रविधिमा आधारित २ Gbps XGS-Extreme प्याकेज मार्फत नेपालकै पहिलो मल्टि-गिग इन्टरनेट सार्वजनिक गरेको छ।

यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

XGS-PON अर्थात् १० (गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर-अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो जसले १० Gbps सम्मको डाउनलोड र अपलोड स्पिड प्रदान गर्दछ। हाल इन्टरनेट वितरणको लागि प्रयोग गरिने मुख्य विधि गिगाबिट प्यासिभ नेटवर्क (GPON) मा आधरित छ।

हाल, Gigabit Passive Optical Network (GPON) प्रविधि इन्टरनेट वितरणको लागि प्रयोग गरिने प्राथमिक विधि हो जसको अधिकतम डाउनलोड गति 2.4 Gbps र 1.2 Gbps को अपलोड गति छ। अब XGS-PON को लन्चसँगै ग्राहकहरूले १० Gbps सम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्न सक्नेछन्।

भायानेट कम्युनिकेसनले नेपालको पहिलो २ जीबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउन यो प्रविधि छनोट गरेको हो। XGS-PON मार्फत कम्पनीले नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गराउने विश्वास लिएको कम्पनीको दाबी रहेको छ। अब ग्राहकहरूले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्नेछन्। यसले कम्पनीलाई भर्चुअल रियालिटी, हाई रिजोलुसन भिडियो स्ट्रिमिङ, मल्टि-डिभाइस भिडियो स्ट्रिमिङ र क्लाउड कम्प्युटिङ जस्ता नयाँ-नयाँ इन्टरनेटको प्रयोगको लागि तयार राख्ने छ।

हालका लागि नयाँ XGS फाइबर प्रविधिमा आधारित उत्पादनहरूको XGS-Extreme लाइन अप काठमाडौं उपत्यकाका चुनिएका क्षेत्रहरूमा मात्र उपलब्ध छ। यद्यपि भायानेट छिट्टै आफ्ना XGS उत्पादनहरूको कभरेज उपत्यकाभरी बनाउन प्रतिबद्ध रहेको छ।

प्रकाशित मिति: २०७९,चैत्र,९,बिहीवार १६:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बुधबार उच्च अंकमा पुगेको सुनको मूल्य आज तोलामा १ हजारले गिरावट आएको छ । हिजो प्रतितोला छापावाला सुनको

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विभिन्न देशको मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलर

काठमाडौं । गोर्खा कामना अटो इन्टरप्राइजेज प्रालि (यमाहा डिलर) ले यमाहाकाे नयाँ मोडल रे–जेड आर हाइब्रिड–१२५ बजारमा ल्याएकाे छ ।

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१