काठमाडौं । एमाले नेतृ समेत रहेकी अभिनेतृ कश्स्मिा मानन्धरको हालसालै खेलेको एक विज्ञापनबारे आलोचना भएपछि स्पष्टीकरण दिएकी छिन् ।
बोस सोलार हिटरको विज्ञापनमा करिस्माको अभिनयबारे आलोचना भएसँगै उनले सामाजिक सञ्जाल मार्फत् स्वीकार गरेकी हुन् ।
सामाजिक सञ्जालमा लेख्दै आफू बोस सोलारसँग जोडिएको २ वर्ष भएको बताउँदै आफूले विज्ञापनमार्फत दर्शकलाई झुक्याउने मनसाय नरहेको उनले बताइन् ।
उनले भनिन्, ‘Boss home appliance संग जोडिएको दुई वर्ष भयो , येसको विभिन्न सामाग्रीको म प्रशंसक हु र आफ्नो नयाँ निर्माण हुदैगरेको भवन र रेस्टुरेन्टमा Boss कै सामाग्री जडान गर्दै छु। कलाकारको नाताले आफ्ना प्यारा दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन ।’
आफूबाट केही त्रुटी भएको स्वीकार गर्दै उक्त विज्ञापनको प्रचारप्रसारमा आफ्नो उपस्थिति भए पनि प्रचार सामग्रीमा आफ्नो हात नहरने स्पष्ट पारेकी छिन् । साथै विज्ञापन जानकारी दिने भए पनि कहिलेकाही मनोरञ्जन दिने समेत बताइन् ।
उनले भनेकी छिन्, ‘त्रुटि मानिस बाटै हुने हो ! यसको प्रचारको काममा मेरो उपस्तिथि रहने भएपनी , प्रचार निर्माण सामाग्रीमा मेरो हात हुदैन !’
विज्ञापनबारे आइरहेका प्रतिक्रियाहरुबाट सकारात्मक रहेको बताउँदै हरेक कुराहरुलाई सुधार गर्ने मौका दिएको भन्दै आभार व्यक्त गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘याहाँहरुको प्रतिक्रियालाई असाध्यै सकारात्मक रुपमा लिएको छु । करिश्माको हरेक क्रियाकलापलाई चासोका साथ हेरेर साथ र सुधार्ने मौका दिनुभएकोमा आभारी छु । कहिलेकाही हास्नु पनि पर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया