बढुवा भएका ५ एआईजीले लगाए फुली

लोकपथ
77
Shares

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ५ जना प्रहरी अधिकारीले दर्ज्यानी चिह्न (फुली) लगाएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी धिरज प्रताप सिंहले एआईजीमा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

बढुवा भएका मध्ये एकजनालाई बिहीबार बस्ने मन्त्रीपरिषद्ले आईजीपीमा नियुक्त गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?