१३ जेष्ठ २०८०, शनिवार

बाबा साहित्य साधक सम्मान श्रेष्ठ र अधिकारीलाई

२०७९,चैत्र,७,मंगलवार १२:४३

126
Shares

काठमाडौं । बाबा साहित्य साधक सम्मान २०७८ र २०७९ क्रमशः तनहुँका साहित्यिक अभियन्ता आनन्दसुन्दर श्रेष्ठ र कास्कीका कवयत्री लिली अधिकारीलाई अर्पण गरिने भएको छ ।

कवि तथा गीतकार दुर्गाबहादुर शाह ‘बाबा’लाई प्राप्त पुरस्कार र विसं २०६७ मा एकल कविता वाचन कार्यक्रममा सङ्कलित रकमबाट सो सम्मान प्रदान गरिँदै आइएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य सहप्राध्यापक कृष्णप्रसाद पौडेलको संयोजकत्वमा लोककिन्नरी हरिदेवी कोइराला र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टी कार्यसमिति सदस्य ऋषि बराल सदस्य रहेका प्रतिभा छनोट समितिको सिफारिसलाई सङ्घर्षमा कलमका अध्यक्ष कृष्ण सारथीको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कृतको नाम छनौट गरेको हो ।

श्रेष्ठ शुक्ला साहित्य सङ्गम तनहुँका पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँको ‘उद्वेलित मनहरू’ गजल सङ्ग्रह कृति प्रकाशित छ । पोखरा–२४ का अधिकारीको ‘पहराको फूल’ कविता सङ्ग्रह प्रकाशित छ ।

गण्डकी प्रदेशभित्रका स्रष्टालाई अर्पण गरिँदै आएको बाबा साहित्य साधक सम्मानबाट लमजुङका रुपिन्द्र प्रभावी, गोरखाकी सरस्वती श्रेष्ठ सरु, बागलुङका सुमन श्रापित, पर्वतका शान्तिनारायण श्रेष्ठ, कास्कीका धनबहादुर गायक र कृष्णप्रसाद पौडेल यस अगाडि सम्मानित भइसकेका छन्। सम्मानको राशि नगद १० हजार पाँच सय ५५ नगद, सम्मानपत्र र दोसल्ला छ ।

यस वर्ष दुवै सम्मान २०७९ चैत १८ गतेका दिन प्रदान गरिने सङ्घर्षमा कलमका सदस्यसचिव असफल गौतमले जानकारी दिए ।

प्रकाशित मिति: २०७९,चैत्र,७,मंगलवार १२:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११