१३ जेष्ठ २०८०, शनिवार

पटारमा ‘एक घर, एक धारा’

२०७९,चैत्र,७,मंगलवार १२:३८

27
Shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ पटारमा खानेपानी आयोजना निर्माण भएको छ ।

गोर्खा वेल्यफेयर ट्रष्टको सहयोग र स्थानीयवासीको श्रमदानमा पटारमा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको हो । पटारका बासिन्दासमेत रहेका वडा सदस्य भीमबहादुर तिलिजाले आयोजनाबाट २९ घरधुरीका एक सय ५९ जनसङ्ख्या लाभान्वित भएका जानकारी दिए।

“मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गरिएको छ”, उनले भने, “आँगनकै धारामा नियमित खानेपानी आपूर्ति भएपछि समयको बचत र झन्झट हटेको छ ।” दुईवटा सार्वजनिक धारा निर्माण गरिएको छ । पटारवासीले यसअघि पुरानो आयोजनाको सार्वजनिक धारामार्फत खानेपानी उपभोग गर्दै आएका थिए ।

कुल २६ लाख ७४ हजार तीन सय १४ लागत अनुमान गरिएको थियो । वेल्फेयरको १७ लाख छ हजार आठ सय ९७ र उपभोक्ताको नौ लाख ६७ हजार चार सय १६ को लागतमा आयोजना निर्माण भएको वेल्फेयर ट्रष्टले जनाएको छ ।

गत फागुन ६ गते सम्झौता भएको आयोजना यही चैत १० गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सोमबार आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो । अधिकांश विकास आयोजना ढिलासुस्तीले थलिएको अवस्थामा पटार खानेपानी आयोजना निर्धारित समयभित्रै सम्पन्न भएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए।

गोर्खा वेल्फेयर ट्रष्ट र उपभोक्ताको लागत साझेदारीमा अन्नपूर्ण गाउँपालिकामा थप दुईवटा आयोजना निर्माणको अन्तिम चरणमा छन् । पटारसहितका तीन आयोजनाबाट एक सय दुई घरका पाँच सय ११ जनसङ्ख्या लाभान्वित हुनेछन् । कुल रु एक करोड ४० लाख १४ हजार नौ सय ३५ को लागतमा निर्माण सुरु भएको आयोजनाबाट उपभोक्ताको घर, विद्यालय र सार्वजनिकस्थलमा एक सय आठवटा निजी धारा जडान गरिने गोर्खा वेल्फेयर ट्रष्टका परियोजना प्रवन्धक बेलबहादुर गुरुङले जानकारी दिए ।

“अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ मा दानाबजार र द्धवारी खानेपानी आयोजना पनि निर्माणको अन्तिम चरणमा छन्”, उनले भने, “संस्थाले कुल लागतको ६३ देखि ६६ प्रतिशत साझेदारी गरेको छ ।”

कुल ६७ लाख ६७ लागत अनुमान गरिएको दानाबजार खानेपानी आयोजनाबाट निर्माण हुने ५१ धारामार्फत दुई सय ३० जनसङ्ख्या लाभान्वित हुनेछन् । ४६ लाख ४० हजार पाँच सय ५४ लागत अनुमान गरिएको द्धवारी खानेपानी आयोजनामार्फत निर्माण हुने २६ धाराबाट एक सय १२ जनसङ्ख्या लाभान्वित हुने संस्थाले जनाएको छ ।

गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको १० वर्षे खानेपानी सरसफाइ तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । हाल खानेपानी र सरसफाइको अवस्था, आवश्यकता समेटिएको योजनाका आधारमा खानेपानी तथा सरसफाइको पुहँच विस्तार योजना तथा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पुनले बताए।

खानेपानी विभागको मापदण्डअनुसार अन्नपूर्णका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २५ वटा थप आयोजना निर्माण गर्नुपर्ने, नौवटा विभिन्न निकायमार्फत निर्माणाधीन रहेका र मौजुदासहित ८९ करोड बजेट आवश्यक पर्ने योजनामा औँल्याइएको छ ।

 

प्रकाशित मिति: २०७९,चैत्र,७,मंगलवार १२:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११