१३ जेष्ठ २०८०, शनिवार

‘हर्निया’ भएका पशुलाई ‘सर्जरी’ गर्न भरतपुर महानगरकाे सिफारिस

२०७९,चैत्र,७,मंगलवार १२:४०

27
Shares

भरतपुर । भरतपुरमा निःशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ ।

भरतपुर महानगरको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाको आयोजनामा सोमबार भरतपुर–७ प्रेमबस्तीमा शिविर गरिएको हो ।

शिविरमा चार सय १० पशुको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये एक सय ६५ गाई, २३ भैँसी, १२ कुकुर, दुई सय १० बाख्राको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा शत्रुघन साह, महानगरका पशु विकास अधिकृत डा सन्तोष घिमिरे, नेपाल पोलिटेक्निक इन्स्टिच्युटका देव साह, सपना यादवको टोलीले पशुहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।

डा शत्रुघनले किसानलाई गोठ सुधार्न र सरसफाइमा ध्यान दिन सुझाइएको बताए। शिविरमा छाला सङ्क्रमण भएका पशु परीक्षणका लागि धेरै आएका थिए । केही पशुमा आँखामा समेत सङ्क्रमण देखिएको थियो । बाँझोपन भएका गाई–भैँसी पनि उपचारका लागि किसानले ल्याएका थिए ।

कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाइएको थियो । उहाँले परालमा मात्रै नभई घाँसखेती गरेर घाँसमा आधरित पशुपालन गर्न आग्रह गरिएको बताए। उनका अनुसार परालमात्रै खुवाएर हुर्काइएका पशुमा पौष्टिक आहार कमी भएको पाइएको थियो । अल्ट्रासाउण्ड (भिडियो एक्सरे) गरेर गर्भावस्था भएका पशुको परीक्षण गरिएको थियो । हर्निया भएका पशुलाई सर्जरीका लागि सिफारिस गरिएको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,७,मंगलवार १२:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११