स्वास्थ्यकर्मी बलियो भए मात्र नागरिक स्वास्थ्य हुन्छन् : सांसद श्रेष्ठ

लोकपथ
169
Shares

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले स्वास्थ्यकर्मी बलियो भए मात्र नागरिक स्वस्थ हुने बताएका छन् ।

नेपाल स्वास्थ्य कर्मी युनियनको चौँथो भक्तपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले स्वास्थ्यकर्मी तन मन र बचनले बलियो भए मात्र नागरिक स्वास्थ्य हुने बताएका हुन्।

नेपालमा स्वास्थ्य कर्मी आफैँ आफ्नो हक हितका लागि लड्नु पर्ने बाध्यता रहेको छ, सङ्घ प्रदेश र स्थानीय तहको संरचनाको मारमा स्वास्थ्यकर्मी पनि परेका छन् । अहिलेको अवस्थामा स्वास्थ्य कर्मी आफै खुम्चनु पर्‍यो भने आम नागरिकको अवस्था के हुने यसको विषयमा सोच्नु पर्ने अवस्था आएको उनले बताए।

उनले हाल सम्म पनि सङ्घीयता कार्यान्वयनको अवस्थामा नपुगेको बताउँदै यसको मार स्वास्थ्य क्षेत्रमा पनि परेको बताएका थिए ।

सङ्घीयता कार्यान्वयनको अलमलका कारण स्वास्थ्य, शिक्षा र रोजगारीमा असर परेको छ अझ कर्मचारीको समस्या त झन् ठुलो छ स्थायी सरकार अर्थात् कर्मचारीको समस्या त समाधान भएको छैन भने कसरी अरूको समस्यामा तीन तहका सरकार पुग्छन् भन्ने नै अन्योल भएको उनले बताए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्यका प्रमुख कृष्ण मिजारले स्वास्थ्य क्षेत्रमा भएको समस्या समाधानमा सबै मिलेर लाग्नु पर्ने बताए ।

अधिवेशनले नयाँ कार्यसमितिको चयन समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?