सडक शिलान्यासका लागि प्रधानमन्त्री भोलि गोरखा जाँदै

लोकपथ
56
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले सडक शिलान्यासका लागि गोरखा जाने भएका छन् ।

गोर्खा र लमजुङका लाखौं जनसंख्या लाभान्वित हुने पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको मंगलबार शिलान्यास गर्ने भएका हुन् ।

पालुङटार नगरपालिकाको विमिरेमा बिहान ११ बजे हुने शिलान्यासका लागि उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई समेत गोर्खा जाने कार्यक्रम छ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यो योजना कार्वन्यनमा बिशेष पहल गरेका थिए। यो योजना तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य लिएको बताइएको छ। पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साँढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ। भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ।

वूड हिल–लामा जेभी, महाराजगन्जले ३० महिनामा सक्नेगरी ठेक्का पाएको यो सडक योजनाबाट गोर्खाको पालुङटार नगरपालिका एवम् सिरानचोक, छोप्राक र अजिरकोट गाउँपालिका तथा लमजुङको राइनास र दुधपोखरी लगायतका स्थान जोड्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?