काठमाडौं । देशका विभिन्न स्थानमा जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल घर भई हाल काठमाडौं महानगरपालिका–६ नयाँबस्ती पाटीटार डेरा गरी बस्ने ३४ वर्षीय तारा पोखरेल आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै ललितपुर, ललितपुर महानगरपालिका–२६ नख्खुखोलास्थित टहरामा बस्ने तेह्रथुम घर भएका ४५ वर्षीय पूर्ण बहादुर थुम्बा सोही टहरामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका–३ ठुलोभोताङमा सोही गाउँपालिका–२ याग्री बस्ने ७३ वर्षीय सङबो स्याङबो आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै मकवानपुर, थाहा नगरपालिका–६ बज्रबाराही बजार बस्ने ४० वर्षीया निर्मला वलामी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यसैगरी जुम्ला, चन्दननाथ नगरपालिका–४ स्थित जुगार्ड खोलामा तातोपानी गाउँपालिका–५ लाम्रा घर भएका ७० वर्षीय लालु नेपाली सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बैतडी, दोगडाकेदार गाउँपालिका–६ चम्तडीमा सोही ठाउँ बस्ने ५२ वर्षीय नरीभान सिह नगारी सोमबार मृत अवस्थमा फेला परेका छन् ।
नुवाकोट, विदुर नगरपालिका–३ बुनिबेशीस्थित त्रिशुली नदीको किनार नजिकै झाडीमा हाल नाम, थर, वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी लमुजङ, राईनास नगरपालिका(६ टुनाबगरस्थित मर्स्याङदी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
छुट्टाछुट्टै घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया