१५ चैत्र २०७९, बुधबार

रासनकार्डमा भएको अनियमितताबारे अध्ययन गर्न समिति गठन

२०७९,चैत्र,५,आईतवार १७:४६

54
Shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, शाखा कार्यालय सिमकोटले रासनकार्डमा अनियमितता गरेको पाइएको भन्दै छानबिन गर्न समिति गठन गरेको छ ।

रासनकार्डमा परिवारको सङ्ख्या बढी उल्लेख गरिएको पाइएपछि छानबिनका लागि समिति गठन गरिएको हो ।

सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजीर रोकायाको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घको प्रतिनिधि सदस्य रहने छन् ।

सिमकोट गाउँपालिका वडा नं ५ र ६ क्षेत्रमा वितरण गरिएको रासनकार्डमा परिवारको सङ्ख्या बढी उल्लेख गरेको पाइएपछि छानबिन समिति गठन गरिएको शाखा कार्यालयका निमित्त प्रमुख नवीन आचार्यले बताए।

हाल सिमकोट बजारमा आठ सय ४६ रासनकार्ड वितरण गरिएको छ । “एउटै रासनकार्डमा आठदेखि दश जनासम्म परिवार सङ्ख्या उल्लेख गरी खाद्यान्न लिने गरेको पाइएपछि यथार्थ छानबिन गर्न लागिएको हो”, आचार्यले भने, “रासनकार्डमा भएका प्रत्येक सदस्यले अधिकतम पाँच केजी खाद्यान्न पाउने व्यवस्था छ ।”

प्रकाशित मिति: २०७९,चैत्र,५,आईतवार १७:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि शुरु भएको छ ।  हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा शुरु हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । बुधबार पूर्वमन्त्री समेत रहेका कुशवाहलाई जनमतका

काठमाडाैं । नवाजुद्दीन सिद्दिकी पछिल्ला केही दिनदेखि आफ्नी श्रीमती आलिया सिद्दीकीसँगको विवादका कारण चर्चामा रहेका छन् । सम्बन्धविच्छेदको प्रक्रिया शुरु

सिराहा । सिराहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि दुव्र्यवहार भएको छ । मंगलरबार मेयर श्रेष्ठलाई कार्यकक्षमा आइ मोबिल छर्किएर दुर्व्यवहार

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२