१८ चैत्र २०७९, शनिवार

राष्ट्र बैंकले पुन २३ अर्ब ८३ करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्ने

२०७९,चैत्र,५,आईतवार १६:५३

36
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पुन २३ अर्ब ८३ करोड रुपैयाँको टे«जरी बिल बिक्री गर्नै भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार जारी मिती चैत आठ गते बुधबार तोकिएको टे«जरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । बिक्री गरिने उक्त टे«जरी बिलहरु मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको नौ अर्ब रुपैंयाँ बराबरको रहेको राष्ट्र बैंकको भनाई छ ।

यि टे«जरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० बैशाख पाँच गते, २०८० असार पाँच गते, २०८० असोज दुई गते र २०८० चैत छ गते तोकिएका छन् । यि टे«जरीहरुमा तीन सय ६४ दिने अवधिको कुल नौं अर्ब मध्ये सात अर्ब रुपैंयाँको टे«जरी बिल नयाँ भएपनि बाँकी भने पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाई छ ।

यसअघि गत साता पनि राष्ट्र बैकले १५ अर्ब रुपैयाँ बराबरको टे«जरी बिल जारी गरेको थियो ।

 

प्रकाशित मिति: २०७९,चैत्र,५,आईतवार १६:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४५ पैसा

काठमाडौं । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार एजेन्टहरु मार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से

काठमाडौं । एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ ।

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८