काठमाडौं । नेपाल प्रहरीले मूर्ती चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१५ स्वयम्भू नयाँबस्तीमा रहेको शिवशक्ति धाम मन्दिरबाट सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ती चोरी गरेको अभियोगमा सोही महानगरपालिका-१७ ढल्कु पोडेटोल बस्ने दोलखा भिमसेनथान घर भएकी तेस्रो लिङ्गी २८ वर्षीया कुमारी तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
गत माघ १६ गते उक्त मूर्ती चोरी भएको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तामाङको कोठा तलासी गर्ने क्रममा सो मन्दिरबाट चोरी भएको सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ती १ थान, विभिन्न देवी देवताको आकृती भएको ढुंगाको मूर्ती २४ थान, धातुको मूर्ती २९ थान र धातुको त्रिशुल १ थान फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया