१६ चैत्र २०७९, बिहीवार

अव्यवस्थित बसोबासीको जग्गा नापजाँच थालियो

२०७९,चैत्र,४,शनिवार १६:१५

99
Shares

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुई पालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच शुरु गरिएको छ । जिल्लाको देवचुली नगरपालिका–४ र हुप्सेकोट गाउँपालिका–३ मा जग्गा नापजाँच थालिएको हो ।

भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्नेको जग्गा नापजाँचका लागि सोही वडाबाट नियन्त्रण विन्दु स्थापना गरी वडाका विभिन्न स्थानमा प्राविधिकसहितको टोलीले जमिनको नाप लिइरहेका छन् ।

देवचुली नगरपालिका–४ का बमबहादुर मगरले ५२ वर्षदेखि पुर्जाबिना नै बसे पनि यसपालि भने पुर्जा पाउनेमा आशा बढेको बताए । “५२ वर्षदेखि जग्गा दिन्छु, दिन्छु भन्ने धेरै आए, हामीलाई खालि आसमात्र दिएका छन्”, उनले भने, “यसपालि जग्गा नापजाँच शुरु भएकाले पुर्जा पाउनेमा आशा बढेको छ ।”

जग्गाको पुर्जा नहुँदा चाहेको पेसा व्यवसाय गर्न नपाएका स्थानीय यस प्रक्रिया छिटो टुङ्गिए हुन्थ्यो भन्ने आशामा छन् । जमिन भएर पनि व्यवस्थित व्यवसाय गर्न नपाएको हुप्सेकोट गाउँपालिका–३ का रेवती सारुले बताए ।

हुप्सेकोट गाउँपालिका–३ मा भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गरेका स्थानीयको जग्गा नापजाँच गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अब छिट्टै लालपुर्जा वितरण गर्ने विश्वास दिलाए । वडा नं २ मा यसअघि नै जग्गा नापजाँच गरिसकिएको छ भने अहिले वडा नं ३ मा उक्त काम जारी रहेको अध्यक्ष पाण्डेले बताए ।

हुप्सेकोट गाउँपालिकामा दुई हजार पाँच सय र देवचुली नगरपालिकामा चार हजार चार सय ६० भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित गरी परिवारको बसोबास छ ।

प्रकाशित मिति: २०७९,चैत्र,४,शनिवार १६:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तुलसीपुर । बजेट माग्ने तर विकास गर्दा विवाद गर्ने प्रवृति बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार

काठमाडौं । निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमटनः नेपाली आप्रवासी कामदारको सम्झना’ कृति नेपाली भाषामा बजारमा ल्याएको छ ।

हलेसी । रामनवमीको अवसरमा खोटाङको हलेसीमा बृहत् मेला लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसरमा

दाङ । दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिँदैछ । वन समूहबाट यस वर्ष करिब रु नौ लाख

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२