सांग्रीला मोटोर्सको प्युजो र सिट्रोन गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने

लोकपथ
182
Shares

काठमाडौं । प्युजो र सिट्रोन आधिकारीक विक्रेता सांग्रीला मोटोर्स प्राइभेट लिमिटेडले विक्री गर्दै आएको गाडीहरुमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ ।

बैंक र सांग्रीला मोटोर्स बीच भएको सम्झौँता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रीला मोटोर्स प्रा.लि.को तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौँतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तीमा उल्लेख छ । सम्झौताको अनुसार, योजना सबै एभरेष्ट बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ ।

अहिले एभरेष्ट बैंकको देशभर रहेका एक सय २४ वटा शाखाबाट नै कर्जा सुबिधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ ।

यो योजना सांग्रीला मोटोर्स प्राइभेट लिमिटेडको आधिकारिक ब्रिक्रेता र एभरेष्ट बैंकका सबै शाखाहरुबाट नेपाल भरी लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?