इन्डिकेटरमा समस्या देखिएपछि सुर्खेतका लागि उडेको बुद्धको विमान पुन: काठमाडौं फर्कियो

लोकपथ
56
Shares

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुन काठमाडौं अवतरण गरेको छ ।

विमान काठमाडौंबाट १५ माइल उडान भरेपछि विमानको इन्डिकेटरमा समस्या देखिएको थियो । ६२ जना यात्रु सवार विमानमा समस्या देखिएपछि पुन काठमाडौं अवतरण गरिएको छ ।

बुद्ध एयरको एटीआर ७२ विमान हाल सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएको क्यानका प्रवक्ता जग्गनाथ निरौलाले जानकारी दिए ।

जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?