१६ चैत्र २०७९, बिहीवार

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा सामान किन्दा १० प्रतिशत छुट

२०७९,चैत्र,३,शुक्रवार ११:२२

36
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं भित्रका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म डिस्काउन्ट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्र्तगत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग ए्यापबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरीभुक्तानी गर्दा १० प्रतिशत डिस्काउन्ट पाइनेछ ।

एक पटकको खरिदको १०० सम्म र योजना अवधिभररु. ३०० सम्म डिस्काउन्ट पाइनेछ । यो योजना सिमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुनेछ ।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,३,शुक्रवार ११:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ ।

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १

काठमाडौँ । राष्ट्रिय किसान आयोगले यस वर्ष कृषकले रासायनिक मल नपाएकाले अविलम्ब मलको सहज व्यवस्थापन गर्न माग गरेको छ ।

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२