महाराजगञ्ज नर्सिङ क्याम्पसमा आफ्ना उम्मेदवारमाथि भएको घृणित गतिविधि रोक्न नेविसंघको चेतावनी

लोकपथ
143
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघले महाराजगञ्ज नर्सिङ क्याम्पसमा आफ्ना स्ववियु उम्मेदवारप्रति भएको शृंखलावद्ध र घृणित गतिविधि रोक्न प्रतिस्पर्धी संगठनलाई चेतावनी दिएको छ ।

प्रतिस्पर्धी संगठनका उम्मेदवारहरुले मित्रवत र स्वस्थ प्रतिस्पर्धा भन्दा पनि अराजक, अस्वस्थ र गलत मनसायका साथ अघि बढेको भन्दै त्यसलाई रोक्न नेविसंघले चेतावनी दिएको हो ।

नेविसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीको हक, हित र शैक्षिक उन्नयनमा निरन्तर अग्रसर रहदै समग्र विद्यार्थीहरुको मन, मुटु र मस्तिष्कमा स्थापित नेपाल विद्यार्थी संघको रचनात्मक गतिबिधी र आसन्न स्वबियु निर्वाचनमा विजयन्मुख यात्रा बाट बिचलित भइ महाराजगन्ज नर्सिङ क्याम्पसमा हाम्रा प्रतिस्पर्धिहरु मित्रवत र स्वस्थ प्रतिस्पर्धा भन्दा अराजक, अस्वस्थ र गलत मनसायका साथ प्रस्तुत हुन थालेको र केही दिन देखि जारी गतिविधि प्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

नेविसंघको कृयाशिलता र सफलताबाट अत्तालिएर सोझा र सामान्य तहका कर्मचारीलाई प्रलोभनमा पारी मिथ्या कुराहरूमा दुरुपयोग गराउने गरेको उसको आरोप छ । ‘निष्पक्ष निर्वाचन समिति, प्राध्यापक, कर्मचारी, क्याम्पस प्रशासन र विद्यार्थीलाई धम्क्याइ आफ्नो उद्धेश्य पूरा गराउन उद्यत रहेको न केही तथाकथित विद्यार्थीहरुको हारको मानसिकता हो,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?