श्रीमतीको हत्यापछि फरार श्रीमान पक्राउ

लोकपथ
28
Shares

विराटनगर । श्रीमतीको हत्या आरोपमा प्रहरीले मोरङको बेलबारीबाट एक जनालाई पक्राउ गरेको छ । फागुन २५ मा भएको घटनापछि फरार रहेका बेलबारी नगरपालिका वडा नम्बर १ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

उनले ५३ वर्षीया श्रीमती देवी महतलाई घरायसी वादविवादको कारण धारिलो हतियारले टाउकोमा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

उनलाई पथरी शनिश्वरेस्थित पश्चिम बसपार्कबाट ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?