क–कसले जिते यो वर्षको वेष्ट एअरलाइन्स अवार्ड ?

लोकपथ
798
Shares

काठमाडौं । सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड २०२२ सम्पन्न भएको छ ।

नेपाली पर्यटन क्षेत्रमा हवाइ क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायले उक्त अवार्डको घोषणा गरिएको हो ।

ग्लोबल एक्रिडिसन काउन्सिलले १३ मार्च २०२३ मा आयोजना गरिएको विशेष समारोहमा विभिन्न १६ विधाका सस्तो टिकेट्स बेस्ट एअरलाइन्स अवार्डस् नेपाल २०२२ घोषणा गरिएको थियो ।

अनलाइन भोटिङ, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन तथा निर्णायक मण्डलको निर्णयको संयोजनबाट आएको तथ्यांकबाट प्राप्त नतिजाका आधारमा विजेता घोषणा गरिएको आयोजकले जनाएको छ ।

सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड नेपाल २०२२ मा हाल काठमाडौं भएर विभिन्न अन्तराष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २९ वटा वायु सेवाप्रदायक तथा आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिष्पर्धा गरेका थिए ।

सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड २०२२ बाट को–को भए विजेता ?

बेस्ट एअरलाइन्स अफ द इअर–इन्टरनेशनल : कतार एअरवेज

बेस्ट एअरलाइन्स अफ द इअर– आन्तरिक : बुद्ध एअर

बेस्ट एअरलाइन्स अफ द इअर– हाइब्रिड तथा एलसीसी – हिमालय एअरलाइन्स

बेस्ट एअरलाइन्स अफ द इअर–अफलाइन अप्रेसन : एमिरेट्स एअरवेज

बेस्ट नेसनल एअरलाइन्स– नेपाल एअरलाइन्स

बेस्ट सर्भिस प्रोभाइडर फर एभिएसन – नेपाल एअरलाइन्स ग्राउण्ड ह्याण्डेलिङ

बेस्ट विजनेस क्लास – कतार एअरवेज

बेस्ट एकोनोमी क्लास– फ्लाई दुबई

बेस्ट क्याबिन क्रु– एअर अरबिया

बेस्ट ट्रान्जिट एअरपोर्ट लाउन्ज– टर्किस एअरलाइन्स

बेस्ट एअरलाइन्स रिवार्ड प्रोगाम – कतार एअरवेज

बेस्ट एअरलाइन्स–एअर फेयर पोलिसी– कतार एअरवेज

बेस्ट एअरलाइन्स– फ्रन्ट डेक्स सपोर्ट – जजिरा एअरवेज

सीईओ अफ द इअर – नेपाली एअरलाइन्स – बिरेन्द्रबहादुर बस्नेत (बुद्ध एअर)

बेस्ट एअरलाइन्स म्यानेजर अफ द इअर – इन्टरनेशनल एअरलाइन्स – सारिक बोगटी (कतार एअरवेज)

बेस्ट जनरल सेल्स एजेण्ट (जीएसए) फरेन एअरलाइन्स–सोसाइटी इन्टरनेशनल

सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्डस् नेपाल २०२२ को हस्पिटालिटी पार्टनर हयात प्यालेस काठमाडौंमा आयोजित विशेष समारोहमा ३०० भन्दा बढी विशिष्ठ अथितिमाझ घोषणा गरिएका अवार्डहरु सम्बन्धित एअरलाइन्सका प्रतिनिधिहरुलाई घोषणा गरिएको थियो ।

समारोहमा आयोजका तर्फबाट बेस्ट एअरलाइन्स अवार्ड नेपाल (बान) का भाइस प्रेसिडेन्ट लालचन्द्र गौतमले एअर इन्डियाकी कन्ट्री म्यानेजर प्रिति सावन्तलाई नेपालको सर्वाधिक लामो समयसम्म उडान भर्ने एअरलाइन्सका रुपमा विशेष अवार्ड प्रदान गरेका थिए ।

गौतमले बिहीबार भएको पत्रकार सम्मेलनमा बोल्दै एअरलाइन्सलाई विभन्न अवार्ड दिनु मात्र आफूहरुको उदेश्य नरहेको बताउँदै यसले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?