५७ वर्षीया महिलालाई बलात्कार गर्ने पक्राउ

लोकपथ
84
Shares

दाङ । दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ५७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका-४ हस्तनापुर बस्ने ४४ वर्षीय कमल बहादुर वलीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

वलीले ती महिलालाई गत फागुन ६ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?