पृथ्वीबहादुर शाह कारागार चलान

लोकपथ
119
Shares

काठमाडौं । पृथ्वीबहादुर शाह कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले अमेरिकामा ठगी गरेको रकम नेपाल भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाह र उनका भाई विजयविक्रम शाहसहित ६ जनालाई थुनामा पठाउने आदेश गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ७ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानपछि २० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो ।

ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराधमा मुद्धा दायर भएको छ । पृथ्वीको करिब २ दर्जन कम्पनीका नाममा अमेरिकाबाट डलर आएको देखिएको दावी गरिएको छ। त्यो रकम अमेरिकामा ठगी गरेर नेपाल पठाइएको अनुसन्धानबाट खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?