राजनीति सिध्याउने गरी भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने काम भयो : बद्री न्यौपाने

लोकपथ
91
Shares

काठमाडौं । पूर्वमन्त्री बद्री न्यौपानेले आफूले कुनै गल्ती नगरेपनि आफ्नो राजनीति सिध्याउने गरी विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने काम भएको बताएका छन् ।

मंगलबार एक पत्रकार सम्मेलन गर्दै उनले आफूले कुनै गल्ती नगरेको र राजनीति सिध्याउन खोजिएको बताएका हुन् । उनले आफू चुरेभावरको लामो राजनीतिमा रहेको र कुनै आर्जन नगरेको उल्लेख गर्दै आफूसँग कुनै सम्पत्ति नभएको बताए ।

उनले भने, ‘म एउटा राष्ट्र र जनताको लागि चुरेभावर भएर राजनीतिमा आउँदा मैले एक रुपैयाँ खाएको भए, मेरो बैंक ब्यालेन्स हेरियोस्, मेरो जग्गा हेरियोस् । मेरो केही रहेछ भने तपाईँहरुले मलाई सजाय दिनुहोस् ।होइन भने केही नभएको सुकुम्बासी र राष्ट्रियताको पक्षमा लड्नेलाई राजनीतिक रुपमा ड्यामेज गर्न नखोजियोस् ।’

भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा उनलाई अदालतले ९ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?