सिन्धुलीमा बस दुर्घटना : ५ जनाको मृत्यु, २४ घाइते

लोकपथ
84
Shares

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका-४ कुईभिरमा दुर्घटना भएको छ ।

ओखलढुंगा बाट काठमाडौ लागि छुटेको बस कुईभिरमा दुर्घटना हुँदा % जनाको मृत्यु भएको र २४ जना घाइते भएको गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले लोकपथलाई जानकारी दिइन् ।

उनका अनुसार बसमा ३५ जना रहेको र बाँकीको उद्दार कार्य भइरहेको छ ।

‘बस दुर्घटनामा ५ जनाको मृत्यु भएको जानकारी आएको छ । २४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि खुर्कोट पठाइएको छ ।’ उनले भनिन् ।

अन्य व्यक्तिहरुको प्रहरी र स्थानीयको सहयोगमा उद्धार भइरहेको छ । भिरालो जमिनका कारण बस दुर्घटना भएको हुनसक्ने विकले बताइन् ,।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?