काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष बुझाउन लागेको छ ।
राष्ट्रपति निर्वाचनवाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेले निर्वाचत भएको भोलीपल्ट मतपरिणामसहितको प्रतिवेदन बुझाउन लागेको हो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणाम सहितको प्रतिवेदन शुक्रवार राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया