प्रधानमन्त्रीको मुद्दा विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा

लोकपथ
49
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको रिटको सुनुवाई न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ ।

गत माघ १९ गते यसअघि दरपीठ गरिएको रिट न्यायाधीश ईश्वरप्रसाद खविवडा र हरिप्रसाद फुयाँलको इजलासले दर्ता गर्ने आदेश दिएको थियो ।

अधिवक्ता ज्ञानेन्द्रराज आरणसमेत ८ जना र चिरञ्जीवीबास गिरीसमेत १६ जनाले दायर गरेका दुवै रिटहरु श्रेष्ठकै बेञ्चमा परेका छन् ।

प्रधानमन्त्रीविरुद्ध मंगलबार दर्ता भएका रिटमा आज पेसी तारेख तोकिएको छ । आज निवदेकहरुलाई अदालतमा झिकाउने मंगलबार आदेश भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?