चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडा मृत फेला

लोकपथ
119
Shares

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडा मृत्य फेला गरेको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक निकुञ्जको कोर क्षेत्रमा गैँडा मृत फेला परेको हो।

बुधबार निकुञ्जको कोर क्षेत्रमा मृत अवस्थामा फेला परेको गैँडाको खाग खुर भने सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।

भाले उक्त गैडा अन्दाजी २० वर्ष उमेरको रहेको जनाइएको छ । आपसमा जुधेर गैँडाको मृत्यु भएको हुनसक्ने निकुञ्ज प्रसासनको भनाइ छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०७९–०८० मा मृत्यू हुने गैँडाको संख्या १३ वटा रेकर्ड गरिएको निकुञ्जले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?