‘स्लेट ढुङ्गा’को माग बढ्यो

लोकपथ
78
Shares

जाजरकोट । भेरी नगरपालिका महतारा गाउँ, जुनिचाँदे गाउँपालिकाको ‘स्लेट ढुङ्गा’को ठूला सहरमा माग बढेको छ ।

त्यहाँ प्रशोधन भएका स्लेटको भेरी–१० भुरचौरस्थित जाजरकोट ढुङ्गा सप्लायर्स एण्ड कटिङ सेन्टरमार्फत प्रशोधन भएर अन्यत्र जाने गर्दछ ।

त्यसरी प्रशोधन भएका स्लेटको रङ परिवर्तन नहुने, प्राकृतिक र आकर्षक देखिने भएकाले घर निर्माणमा प्रयोग हुने जनाइएको छ । पछिल्लो समय यहाँका स्लेट विदेशबाट आयातित मार्वल तथा टायलको विकल्प बन्दै गएको जनाइएको छ । विगतमा ढुङ्गा–माटोले बनेका घरमा छानो छाइने ढुङ्गा अहिले सहरमा निर्माण हुने आधुनिक घरमा सजावटका लागि टाँस्ने, विछ््याउने कामदेखि मठमन्दिर, सत्तल र पदमार्गमा पनि अत्यधिक प्रयोग हुन थालेको छन् ।

सो स्लेट सबैभन्दा बढी नेपालगन्ज र सुर्खेतमा खपत हुने गरेको छ भने पछिल्लो समय पोखरा, काठमाडौं, चितवन, बुटवल, दाङ, विराटनगर, नेपालगन्जलगायतका सहरबाट बिक्री हुने जनाइएको छ । स्लेटको माग अत्यधिक भएकाले माग धान्नै मुस्किल भएको सञ्चालक महेन्द्र शाहीले बताए। उनले वार्षिक २५ ट्रक बिक्रीका लागि पठाउने गरेको र विद्युत्को केन्द्रीय लाइन पुगेकाले काम गर्न सहज भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?