निर्वाचन प्रणालीमा सुधारको मागसहित ११ दिनदेखि रिले अनसन

लोकपथ
39
Shares

काठमाडौं । लोकतन्त्र रक्षाका लागि निर्वाचन प्रणालीमा सुधारको माग गर्दै लोकतान्त्रिक नागरिक अभियानले ११ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन जारी राखेको छ ।

प्राथमिक निर्वाचन, नो भोट र प्रतिनिधि फिर्ता बोलाइनुपर्नेलगायत माग पनि सो अभियानले गरेको छ ।

पूर्ण न्यायसहितको लोकतन्त्र र नेपाली नागरिकलाई मतदानको अधिकारको सुनिश्चितता लगायतका मुद्दा सम्बोधन नभएसम्म अनशन जारी रहने अभियानका संयोजक नन्दराज उपाध्यायले बताए ।

सो अनसनमा जय महाङ्काल युवा समूहले पनि समर्थन जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?