काठमाडौं । आफुलाई सरुवा गरिएको विषयलाई भ्रष्टाचारसँग जोड्दै चर्को अभिव्यक्ति दिएर चर्चामा आएका श्रम कार्यालय विराटनगरका उपसचिव प्रेम कुमार सञ्जेल अराजक शैलीका कारण आन्तरिक सरुवामा परेको खुलेको छ ।
सहकर्मी कर्मचारी, सेवाग्राहीसँग अराजक शैलीमा प्रस्तुत हुने, अपाच्य शब्दको प्रयोग गर्ने तथा राज्यका निति नियमको ठाडो उल्लघंन गरेको पाइएपछि उनलाई मन्त्रालय मातहतकै इटहरी स्थित तालिम केन्द्रमा कामकाजका लागि खटाइएको श्रम विभाग स्रोतले जनाएको छ ।
त्यति मात्रै नभएर नियम विपरित मन्त्रालय तथा विभागलाई जानकारी नै नदिइ मनगढन्ते कुरा गरेर समाचार लेखाउने गरेको पनि खुलेको छ ।
यहि पुस ३ गते स्थानीय पत्रकारलाई डाकेर सन्जेलले ८ गतेदेखि श्रम कार्यालय विराटनगरबाट पुन स्वीकृती दिइने समाचार लेखाएका थिए । जबकि उक्त कुरा मन्त्रालयलाई थाहा नै थिएन । ‘पत्रकारलाई गलत सूचना दिने अनि पुस १५ पछि मन्त्रालयले सेवाग्राहीको सहजताका लागि प्रदेश स्तरबाटै पुनः श्रम स्विकृती दिने गरि गरेको तयारीमा प्रश्न उठाउन एक राष्ट्रसेवकले मिल्छ ?’ मन्त्रालयका एक कर्मचारीले प्रश्न गरेका छन । यस्तै सञ्जेलले आफुलाई मन नपर्ने सहकर्मी कर्मचारीलाई विना प्रमाण भ्रष्टाचार गरेको भन्दै सरुवा गरिदिन मन्त्रालयमा बारम्बार पत्र पठाउने गरेको समेत बताइएको छ ।
सेवाग्राहीले श्रम स्विकृतीका लागि काठमाडौं धाउनुपरेको, तथा त्यसक्रममा ठगिने क्रम कायमै रहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी गरेको छ । त्यस अनुरुप मन्त्रालय तथा विभागले आवश्यक प्राविधिक तथा जनशक्ति व्यवस्थापनको कामलाई तिव्रता दिएको थियो । तर, राज्यले ल्याएका नियमलाई कार्यान्वयन गर्न समस्या देखाएर सञ्जेलले उल्टो मन्त्रालयलाई पत्र लेखेका थिए । त्यसलाई अतिरञ्जित गर्न आफुले भ्रष्टाचार नगर्ने विषयसँग जोडेर प्रधानमन्त्री, मन्त्री र सचिवलाई अराजक तथा अनैतिक शैलीमा तुच्छ शब्द प्रयोग गर्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । ‘हिरो बन्नका लागि मर्यादा नाघेर बोल्न मिल्छ एक राष्ट्रसेवक कर्मचारीले ? नैतिकता, इमान्दारिता भन्ने हुँदैन ?’ मन्त्रालयका एक अधिकारी प्रश्न गर्छन, ‘भ्रष्टाचार गर्दिन भन्नु मात्रै कार्यक्षमता हो ?’ मन्त्रालयले व्यक्तिको कार्यक्षमताका आधारमा दर्जनौ कर्मचारीको जिम्मेवारी फेरवदल गरेको ती अधिकारीको भनाइ छ । सिंगो कर्मचारी तन्त्रलाई भ्रष्ट करार गर्न र अपशब्द प्रयोग गदै अशिष्ट व्यवहार प्रदर्शन नर्गन पटक पटक सचेत गराउँदापनि नटेरेपछि उनलाई त्यहाँबाट हटाइएको अधिकारीको भनाइ छ ।
यसैबीच, सञ्जेलले पत्रकार सम्मलेन गरेको भोलि पल्टै त्यसको खण्डन गर्ने कार्यालयका कारखाना निरिक्षक मणिनाथ गोपलाई पनि श्रम विभागले विराटनगर कार्यालयबाट तानेको छ । गोपले बुधवार पत्रकारलाई बोलाएर सञ्जेलले लगाएका आरोपको खण्डन गर्दै वक्तव्यबाजी गरेका थिए । अहिले गोपलाई पनि त्यहाबाट हटाइएको विभागले जनाएको छ । सञ्जेल र गोपबीचको टकराव र दुवैको सन्काहा प्रवृत्तिका कारण अन्य कर्मंचारी तथा सेवाग्राही मर्कामा परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया