नेकपा स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डको तीन नयाँ प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समितिको बैठकमा तीन नयाँ प्रस्ताव अगाडी सारेका छन् ।  

गत मंसिर २० गतेदेखि जारी नेकपा स्थायी समितिको बुधवार बसेको बैठकमा ४७ नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । नेताहरुले धारणा राखेपछि अध्यक्ष प्रचण्डले प्रश्नहरुको जवाफ दिएका थिए । 

बुधवार अध्यक्ष प्रचण्डले करिब १ घण्टा ४५ मिनेट लामो भाषण गरेका थिए ।

उनले यी विषयमा ‘समाधानका सूत्र’ भन्दै नयाँ प्रस्ताव राखेका हुन् ।

उनको प्रस्ताव र नेताहरुको प्रश्नमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बिहीवार जफाव दिनेछन् ।

उनले पार्टी एकता, राजनीतिक दस्तावेज र सरकार सञ्चालनसम्बन्धी नयाँ प्रस्ताव राखेका छन् ।तल्लो तहसम्म एक

ता पूरा गर्न छुट्टै कार्यदल बनाउने प्रस्ताव राखेका छन् । त्यस्तै, नेताहरुको सुझावलाई राजनीतिक प्रतिवेदनमा समेट्न तथा पार्टीको निर्देशनमा सरकार चलाउनेगरी संयन्त्र निर्माण गर्ने प्रस्ताव दाहालको छ ।

पार्टीको तल्लो तहसम्मै एकता प्रक्रिया नटुंगिएकोले सरकार सञ्चालनमा केही अन्योल देखिएको पनि दाहालले बताए । 

अध्यक्ष प्रचण्डको तीन नयाँ प्रस्ताव

१) एक महिनामा एकीकरण टुंग्याउने : पार्टी एकताको बाँकी काम (केन्द्रीय विभाग, आयोगहरु, प्रतिनिधि परिषद, जिल्लादेखि गाउँ कमिटी र जनवर्गीय संगठन) पूरा गर्न स्थायी समिति सदस्य समेत रहेको छुट्टै कार्यदल बनाई एक सातासम्म गृहकार्य गर्ने। त्यसपछि स्थायी समितिबाट अनुमोदन गराएर एक महिनाभित्र एकीकरण सम्पन्न गर्ने । २) प्रतिवेदन परिमार्जन गर्ने : ओली–दाहालको राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएका सुझाव, टिप्पणी र आलोचनालाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने जिम्मा दुई अध्यक्षले नै लिने । ३) सरकार चलाउने संयन्त्र बनाउने : पार्टी र सरकारलाई अलग होइन, द्वन्द्वात्मक सम्बन्धका आधार चलाउने। केन्द्रदेखि स्थानीय तहसम्मै सामूहिक नेतृत्वमा जाने र सरकार सञ्चालन गर्न पार्टीले सस्थागत संन्यत्र निर्माण गर्ने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?