सिरहामा सरसफाइकर्मी र प्रहरीबीच झडप

लोकपथ
78
Shares

सिरहा । सिरहामा सरसफाइकर्मी र प्रहरीबीच झडप भएको छ ।

लामो समयदेखि तलब नपाएको भन्दै सिरहा नगरपालिकाका सफाइकर्मीहरुले आन्दोलन गरिरहेका थिए ।

आज बिहान तलब नपाएको भन्दै दमकलमाथि प्रहार गर्न खोज्दा प्रहरीले रोकेको र झडपको स्थिती सिर्जना भएको जिप्रका सिरहाका प्रवक्ता रविन्द्रराज पाण्डेले लोकपथलाई जानकारी दिए ।

‘बिहान नगरपालिकाको दमकलमाथि कर्मचारीबाट प्रहार हुन खोजेको थियो । सो क्रममा प्रहरीमाथि नै उहाँहरुले प्रहार गर्न खोज्नुभएको थियो ।’ पाण्डेले भने ।

झडपको स्थिती सिर्जना हुँदा केही प्रहरीहरु घाइते समेत भएका छन् ।

अहिले सरसफाइकर्मीहरु तितरबितर भइसकेको र घटना साम्य भएको उनले बताए ।

तीन चार महिनादेखि तलब नपाएको भन्दै सरसफाइकर्मीहरुले आन्दोलन गर्दै आइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?