३ जना मृत अवस्थामा फेला

लोकपथ
143
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, ललितपुर महानगरपालिका–२४ धापाखेल सुभ एकता टोल बस्ने ४९ वर्षीय श्याम प्रसाद लावती आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सल्यान, छत्रेश्वरी गाउँपालिका–५ बागबजार जुमकोट बस्ने ७४ वर्षीय चित्रमान खत्री सोही ठाउँस्थित खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी पाल्पा, रैनादेवी छहरा गाउँपालिका–७ र ८ स्थित कन्चन खोलामा सोही गाउँपालिका–७ जोगदमार बस्ने १७ वर्षीय भिम बहादुर राना शनिबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सन्दर्भमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?