ओखलढुंगामा बोलेरो दुर्घटना : २ जनाको मृत्यु

लोकपथ
78
Shares

काठमाडौं । ओखलढुंगाको चिशखुगढी गाउँपालिका वडा नं ३ मा बेरोले दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बोलेरोमा १२ जना सवार रहेको र अन्य १० जना घाइते भएको चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार आइतबार बिहान दियालेबाट ओगलढुंगा बजार हिँडेको बोलेरो दुर्घटना भएको हो ।

उनका अनुसार घाइतेमध्ये ४ जनालाई काठमाडौं पठाइसकिएको र अन्य ६ जनालाई पनि काठमाडौं पठाउने तयारी गरिएको छ ।

‘घाइतेहरुको अवस्था गम्भीर जस्तो देखिन्छ । ४ जनालाई उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइसकिएको छ । भने अन्य ६ जनालाई पनि काठमाडौं पठाउने तयारी गरिएको हो ।’ शर्माले लोकपथसँग भने ।

दुर्घटनापश्चात स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । साँघुरो बाटो र घुम्तीको कारण दुर्घटना भएको हुनसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?