काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदको हिउँदे अधिवेश प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् ।
बुधवार अपराह्न ४ बजेबाट शुरु भएको अधिवेशनमा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो धारणा राख्दै संविधान र सङ्घीयता कार्यान्वयनका लागि आवश्यक विधेयक पारित गर्न आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेका हुन् ।
साथै उनले संसद अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका संसदलाई निर्देशन समेत दिए ।
प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार बैठकले दलको विधान समेत पारित गरेको बताए ।
सङ्घीय संसदको तेस्रो अधिवेशन आजदेखि प्रारम्भ भएको छ ।
त्यस्तै प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा संसद्का पूर्वसदस्य चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधार र मोतिदेवी चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गरी पारित गरिने कार्यसूची तय गरिएको छ ।
गत पुष ४ गते संवैधानिक व्यवस्थाअनुसार, राष्ट्रपति भण्डारीले संघीय संसद्को बैठक आह्वान गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया