आजदेखि शुक्लागण्डकी महोत्सव शुरु

लोकपथ
78
Shares

तनहुँ । सांसद पदम गिरीले देशको आर्थिक अवस्था कमजोर हुँदा व्यवसायी निरास बन्दै गएको बताएका छन् । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि शुरु भएको शुक्लागण्डकी महोत्सवको उद्घाटन गर्दै पूर्व मन्त्री गिरीले स्थानीय उत्पादनबिना आर्थिक अवस्था बलियो बनाउन नसकिने हुँदा यसतर्फ सबैले चासो दिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य जीतप्रकाश आले, श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, शुक्लागण्डकी नगरपालिका–६ का अध्यक्ष बुद्धिबहादुर थापा, स्थानीय श्रृङ्ग यातायात प्रालिका अध्यक्ष केदार पौडेललगायतका वक्ताले सरकारले तत्काल आर्थिक अवस्था सुधार हुने नीति ल्याउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?