कर्मचारी समायोजनका लागि आजदेखि अनलाइन सफ्टवेयर शुरु

काठमाडौं । कर्मचारी समायोजनका लागि बुधबारदेखि अनलाइन सफ्टवेयर शुरु हुने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले केन्द्र, प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन गर्न अनलाइन सफ्टवेयर शुरु गर्न लागिएको बताएका हुन् ।

संसद्को राज्यव्यवस्था समितिमा बोल्दै  मन्त्री पण्डितले कर्मचारी ट्रेड युनियनसँग छलफल गरेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको पनि दाबी गरेका छन् ।

संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय तीन समायोजन गरिने बताए । ३ तहमा नयाँ संरचनाअनुसार कुल १ लाख ३८ हजार १ सय ७८ कर्मचारी समायोजन गरिने मन्त्री पण्डितले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?