काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बैठकमा सरकारको रक्षा र प्रचारमा दृढतापूर्व उभिन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।
बुधवार बसेको पार्टी स्थायी समिति बैठकमा नेताहरुबाटै सरकारको चर्को आलोचना भएपछि अध्यक्ष दाहालले सो आह्वान गरेका हुन् ।
पार्टी स्थायी समितिका सदस्यहरुले राजनीतिक प्रतिवेदनमाथि उठाएका प्रश्नको जवाफ दिँदै उहाँले बैठकमा व्यक्त विचार, सुझाव र आलोचनालाई समावेश गर्दै सो प्रतिवेदनलाई परिमार्जन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
स्थायी समितिका सदस्यहरुले राख्नु भएको विचार, सुझाव र आलोचनालाई समेत समावेश गरेर राजनीतिक प्रतिवेदनलाई पूर्णता दिने प्रतिवद्धता अध्यक्ष दाहालले व्यक्त गरेका पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
परिमार्जित सो प्रतिवेदनले पार्टी र राष्ट्रको आवश्यक्तालाई सम्बोधन गर्दैै पार्टी एकतालाई अझ बलियो बनाउने अध्यक्ष दाहालको विश्वास थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया