काठमाडौं । आजबाट शुरु हुने संघीय संसदको हिउँदे अधिवेशनमा कर्मचारी समायोजन अध्यादेश प्रस्तुत हुने भएको छ ।
बुधवार अपराह्न ४ बजेबाट शुरु हुने हिउँदे अधिवेशमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश प्रस्तुत गर्ने भएका हुन् ।
नयाँवानेश्वरस्थित संसद् भवनमा मन्त्री पण्डितले कर्मचारी समायोजन अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको संघीय संसदले जानकारी दिए ।
त्यस्तै, प्रतिनिभिसभाको बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राख्नुका साथै प्रशासकीय अदालत विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने र राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची तय भएको छ ।
गत पुष ४ गते संवैधानिक व्यवस्थाअनुसार, राष्ट्रपति भण्डारीले संघीय संसद्को बैठक आह्वान गरेकी थिइन् ।
सो आह्वान अनुरुप आज अपराह्न ४ बजे राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया