छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

लोकपथ
14
Shares

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ परेका छन् ।

बाँके, बैजनाथ गाउँपालिका–१ माथिल्लो करेलीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २ सय ५ मिलिग्राम र नगद ९७ हजार ९ सय ७२ रुपैयाँसहित सोही गाउँपालिका–१ चिसापानी बस्ने २२ वर्षीय दिपक खत्री समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै झापा, कन्काई नगरपालिका–३ कोटिहोमबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ६० मिलिग्राम र नगद ४ हजार २ सय ७० रुपैयाँसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने ४१ वर्षीय बासुदेव भेटवाल र शिवसताक्षी नगरपालिका–८ शित्तल चोक बस्ने २६ वर्षीय मदन विक रहेका छन् । इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा बिर्तामोड नगरपालिका–४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजबिराज नगरपालिका–७ बस्ने ३५ वर्षीय महमद नसिम र सिरहा सखुवानकर्कटी गाउँपालिका–२ बस्ने २० वर्षीय शिब शंकर यादव रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

छुट्टाछुट्टै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?