काठमाडौं । काठमाडौं–हेटौँडा जोड्ने कान्ति लोकपथ आजबाट पूर्णरुपमा बन्द भएको छ ।
बिचमा बाटो मर्मत गर्नुपर्ने भएकाले आजबाट आगामी चैत १० गतेसम्मका लागि बाटो पूर्ण रुपमा बन्द गरिएको हो ।
सो क्षेत्रको ललितपुर सडक खण्ड बन्द गरिएको र वैकल्पिक बाटोको व्यवस्था मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले लोकपथलाई जानकारी दिए ।
पाण्डेका अनुसार वैकल्पिक बाटो अन्तर्गत हेटौँडा–भीमफेदी–सिस्नेरी र दक्षिणकाली रुट प्रयोग गर्न सकिन्छ । भने काठमाडौंबाट त्यसतर्फ जानका लागि भने थानकोट–चित्लाङ–मार्खु–भीमफेदी रुट प्रयोग गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया