सप्तरी शम्भुनाथ नगरपालिकाका मेयर गुप्ताविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

लोकपथ
77
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रनाथ गुप्ताविरुद्ध भ्रष्ट्राचार मुद्धा दायर गरेको छ ।

विद्यालय सभाहल निर्माणको क्रममा मेयर गुप्ताले सेवाग्राहीसँग बिल भुक्तानी बापत १ लाख ४० हजार घुस लिएको आरोपमा उनीसहित इन्जिनियर रामचन्द्र साहविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
गत माघ ३ गते इन्जिनियर साहले भुक्तानीवापत सेवाग्राहीसँग १ लाख ४० हजार घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।

इन्जिनियर साहलाई पक्राउ गरि अनुसन्धानको क्रममा मेयर साहको समेत मिलेमतो रहेको भन्दै दुवैविरुद्ध भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम मुद्दा दायर भएको हो ।

साथै दुवैविरुद्ध भ्रष्ट्रचार निवारण ऐन २०५९ को उपदफा (१) र सोही दफा (३) को उपदफा (१) बमोजिम कैद र बिगोे बमोजिम जरिवाना समेत माग गरि विशेष अदालतमा भुद्दा दायर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?