बेथानचोकमा सुरुङमार्ग अध्ययनार्थ सम्झौता

लोकपथ
84
Shares
;’?ªdfu{ cWoogfy{ ;Demf}tf sfe|]knf~rf]s, !& kmfu’g M sfe|]knf~rf]ssf] a]yfgrf]s ufpFkflnsfsf] $, @ / ! j8fdf kg]{ afO;]9’Ëfaf6 b’n{‘ªvf]nf x’Fb} rf}tf/L;Dd ;’?ªdfu{ lgdf{0f ug{ cWoogsf nflu a’waf/ ;Demf}tf ub}{ ufpFkflnsfsf cWoIf eujfg clwsf/L / w’lnv]nl:yt sf7df8f}F ljZjljBfnosf OlGhlgol/ªsf l8g k|f8f dlgif kf]v/]n . ;Demf}tfcg’;f/ ljZjljBfnon] k|ljlws tyf k|fl1s ;xof]udf ;’?ªdfu{ agfpg] ef}ule{s l:yltnufot ;a} k|sf/sf cWoog ug]{5 . tl:a/ M /fhs’df/ k/fh’nL÷/f;;

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरिएको छ । उक्त अध्ययनका लागि आज विश्वविद्यालय र गाउँपालिकाका प्रतिनिधिबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र विश्वविद्यालयका इन्जिनियरिङतर्फका डिन प्राडा.मनिष पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा सुरुङमार्ग निर्माणार्थ ढुङ्खर्क खोला–च्याम्राङ्बेँसी सडक सुरङमार्गको काठमाडौँ विश्वविद्यालयको प्रविधिक तथा प्राज्ञिक सहयोगमा प्रारम्भिक अध्ययन गर्ने र त्यसका लागि गाउँपालिकाले विश्वविद्यालयलाई आर्थिक सहयोगस्वरुप रु १० लाख उपलब्ध गराउने, स्थानीय समस्यामा आधारित भएर संयुक्त अनुसन्धान र प्रकाशनको कार्य गर्ने तथा समसामयिक विषयमा संयुक्त आयोजनामा सेमिनार, सम्मेलन र गोष्ठी सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

गाउँपालिका अध्यक्ष अधिकारीले वडा नं ४, २ र १ मा पर्ने बाइसेढुङ्गाबाट दुर्लुङखोला हुँदै चौतारीसम्म सुरङमार्ग अध्ययनका लागि सम्झौता गरिएको बताए । उनका अनुसार सम्झौताको चार महिनाभित्र सुरुङमार्ग बनाइने स्थानको भौगर्भिक स्थितिसँगै सबै प्रकारका अध्ययन सक्ने योजना बनाइएको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सुरङमार्ग अध्ययन स्थानीय तहसँगको समन्वयमा काम गर्ने माध्यम बनेको जनाउँदै जिल्लाका अन्य तहसँग पनि स्थानीय समस्या तथा शिक्षाका विषयमा सहकार्य गर्दै जाने बताए । उनले सुरङमार्ग अध्ययन विश्वविद्यालयका विद्यार्थीका लागि सिकाइ हुने तथा खोजमूलक विषय हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?