पसल दर्ता नगरी औषधिको अवैध कारोबार गर्ने पक्राउ

लोकपथ
161
Shares

काठमाडौं । भक्तपुरमा औषधिको अवैध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन् ।

औषधि पसल दर्ता नगरी औषधिको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा रौतहट देवाहिबोनाही नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ निकोशेरास्थित औषधि पसल संचालन गरी बस्ने २७ वर्षीय अरूण कुमार शाहलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध प्रयोगकर्ताले विकल्पको रूपमा प्रयोग गर्ने गरेको विभिन्न औषधिहरू अवैध रूपमा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका-५ निकोसेरास्थित दर्ता नगरेको औषधि पसल खोली संचालन गर्ने उनलाई विभिन्न औषधिसहित पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि औषधि विभाग काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?