काठमाडौँ । आगलागीको घटनामा घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारीको दाँया हात र बाँया हातको केही भाग र औँलाको सर्जरी गरिएको छ । नेशनल बर्न सेन्टर मुम्बईमा मंगलबार भण्डारीको दाँया हात र बाँया हातको केही भाग र औँलाको सर्जरी गरिएको हो ।
उपचारमा संलग्न डा सुनिल केश्वानी र डा शिल्पा केश्वानीका अनुसार सर्जरी भएको कारण भण्डारीलाई पुनः आईविसियु (आईसियु) मा अव्जरभेसनका लागि राखिएको छ ।
यद्यपि उनको भाइटल्स (शरीरको तापक्रम, धडकनको गती, स्वास–प्रश्वासको दर, रक्तचाप) सवै सामान्य अवस्थामा रहेका छन् । यसअघि उनको दुबै खुट्टामा पनि सर्जरी गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया